प्रतिबद्धताअनुसार काम गरिरहेको छु : वडाध्यक्ष महर्जन

काठमाडौँ महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष बालकृष्ण महर्जनले आफ्नो वडाभित्र बहाल, चोक तथा पाटीपौवा बनाउने कार्य अन्तिम चरणमा पुगेको बताएका छन् । पुरानो सम्पदाअनुसार नै काठ र झिंगटीको प्रयोग गरेर बनाउने कार्य भइरहेको उनको भनाइ छ ।
बाटो तथा ढल व्यवस्थापनको कार्य पनि भइरहेको जानकारी दिएका उनले करिब १५ हजार जनसंख्या यस वडामा रहेका र कुनै समस्या पनि नरहेको बताए । ‘मेरो वडामा करिब १५ हजार जनसंख्या छन् । बाटो, ढलको काम भइरहेको छ । अहिले त्यस्तो कुनै समस्या छैन,’ उनले भने ।

काठमाडौँ महानगरको वातावरण समिति संयोजकसमेत रहेका वडाध्यक्ष महर्जनले धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रके संरक्षण र प्रवद्र्धन गर्दै विकास निर्माणको कार्यलाई प्राथमिकता दिएर काम गरेको बताए ।
२०७४ सालको निर्वाचनमा ८० मतले पराजित भएका उनी २०७९ को चुनावमा एक हजार १६९ मतले विजयी भएर वडाको नेतृत्व गरेका हुन् ।
आफ्नो मूल उद्देश्य भनेको वडावासीलाई सुशासन दिने रहेको बताएका उनले सर्वसुलभ सेवा प्रवाहलाई प्राथमिकता राखेर जनताको सेवा गरिरहेको बताए ।
काम गर्ने क्रममा कुनै कमिकमजोरी भए आफूलाई जानकारी दिन वडावासीसँग आह्वान गर्ने गरेका उनले जनताबाट गुनासो त्यत्ति नआउने गरेको बताए ।
चुनावका बेला जनतमाझ गरेको २० बुँदे प्रतिबद्धताअनुसार लगभग सबै सकिएको उनको भनाइ छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »