अघिल्लो कार्यकालमा गरेका कामको जनताले राम्रो परिणाम अनुभव गरिरहेका छन् : वडाध्यक्ष न्हुच्छेकाजी

काठमाडौँ महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले अघिल्लो कार्यकालमा बाँकी रहेका र नयाँ योजना बनाएर काम गरिरहेको जानकारी दिएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रपछि पहिलोपटक २०७४ सालमा स्थानीय चुनाव भएको स्मरण गराउँदै उनले विशेष परिस्थितिमा कानुन बनाउनेदेखि विकास निर्माण पनि सँगै गर्नुपरेको बताए ।
२०७२ सालमा गएको भूकम्पले क्षति गरेको ऐतिहासिक, धार्मिक र सांस्कृति सम्पदाको पुननिर्माणलेदि जीर्णाेद्वारको काम पनि गर्नुपरेको उनको अनुभव छ । कारोनाको महामारीमा होस् या अहिले नै पनि जनताको स्वास्थ्यप्रति चिन्तित रहेर सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखेको वडाध्यक्ष महर्जनले बताए । भएका कामबारे जनतालाई जानकारी नदिँदा मूल्यांकन नै नराम्रो हुने देखिएको भन्दै उनले यसलाई आत्मसाथ गर्दै अघि बढेको बताए ।
पहिलो कार्यकालमा गरेका कार्यको अहिले राम्रो परिणाम जनताले अनुभव गरेका दाबी गर्दै उनले दोस्रो कार्यकालमा अहिले अघिल्लो कार्यकालको बाँकी रहेका कामसहित नयाँ दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताए ।
आवश्यकताको आधारमा काठमाडौँ महानगरले गरेका कार्यप्रति निगरानी राख्दै वडाले पनि विकास निर्माणलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । सबै जनप्रतिनिधिले नै महानगर नै बनाउने गरी काम गरिरहेको भन्दै उनले कुनै एक व्यक्तिको चर्चा हुनु उचित नभएको बताए ।
कार्यपालिकाले तय गरेका योजना र सोहीअनुसार गरिएको बजेट विनियोजनअनुरुप नै काम भइरहेको उनले वडाध्यक्ष महर्जनले बताए । आफूहरुको कामबारे कसैले पनि चर्चा नगरिदिएको उनको गुनासो छ । कसैको नाम उच्चरण गरेर महानगर नबन्ने भन्दै उनले भने, ‘बालेन सिटी भन्दै काम हुन्छ र ? यस्ता भ्रम र हुइँयाँ फैल्याउनु हुँदैन ।’

आफूले फोहोर र ढल व्यवस्थापन, शहरलाई हरियाली बनाउने गरी बोटबिरुवा रोप्नदेखि सम्पदा संरक्षणका काम गरिरहेको जानकारी दिएका उनले केही सम्पदाको संरक्षणमा देखिएका विवाद समाधानको पहल भइरहेको जानकारी दिए ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »