सम्पदाको अभिलेख तयार गरेर डिजिटाइजेसन गर्ने मिसनमा छु : वडाध्यक्ष मचाराजा

काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले आफ्नो वडाभित्र रहेका सम्पदाको अभिलेख तयार गरेर डिजिटाइजेसन गर्ने मिसनमा आफू रहेको जानकारी दिए । दरबारसहित सम्पदाले भरिएको वडा भएकाले यी सम्पदाबाट स्थानीयलाई कसरी लाभ मिल्न सक्छ भन्ने हिसाबले पनि काम गरिरहेको उनको भनाइ छ ।
जीवित देवीको बासस्थान कुमारीगाल, इन्द्रनाथको कैशालकुट मन्दिरसहित विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा आफ्नो वडामा पर्ने वडाध्यक्ष महर्जनले जानकारी दिए ।
साथै नेवार समुदाय शाक्य, बज्राचार्यको दैनिक जीवनमा धार्मिक, सांस्कृतिक तथा जन्मदेखि मृत्युसम्म महत्व राख्ने ‘बाहा बही’हरु २५ प्रतिशत आफ्नै वडामा रहेका जानकारी दिएका उनले इन्द्रजात्रा पनि आफ्नै वडामा हुने बताए । इन्द्रजात्रामा के के गरिन्छ भन्ने लगायतका विषयमा अहिले पनि स्पष्ट अभिलेख नराखिएको देखिएको भन्दै उनले आफूलाई इन्द्रजात्रामा गरिने धार्मिक तथा सांस्कृतिक कार्यदेखि विशेषतासम्म उल्लेख गरेर अभिलेख बनाउने कार्य गरिएको जानकारी दिए ।
धार्मिक, सांस्कृति र ऐतिहासिक सम्पदा रहेको भन्दै उनले यिनीहरुको संरक्षण गर्दै यसका महत्त्व दर्शाएर प्रवद्र्धन गर्ने कार्य आफूले गरिरहेको जानकारी दिए । यसका लागि सरोकार गुठीवालसँग समन्वय गरिएको उनको भनाइ छ ।
आफूहरुले कम खर्चमा पूर्वाधारका काम गरेको बताएका वडाध्यक्ष महर्जनले वडाबासीको आवश्यकता र सहभागितामा काम गर्ने गरेको बताए ।
बालबालिका, युवा र ज्येष्ठ सदस्यसहित सबै उमेर समूहलाई लक्षित गरी काम गरेको उनको भनाइ छ । वडाबासीको भूकम्पका बेला देखिएका सामाजिक तथा आर्थिक समस्या समाधान गर्नेगरी व्यवस्थापनको योजना पनि बनाएको उनले बताए ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »