खानेपानीको समस्या समाधा गरेँ, ढल व्यवस्थापनको गर्दै छु : वडाध्यक्ष बज्राचार्य

काठमाडौँ महानगरपालिकाको वडा नम्बर २१ का वडाध्यक्ष उदयचुडामणि बज्राचार्यले खानेपानीको समस्या समाधान गरेको जानकारी दिएका छन् ।
आफ्नो वडामा खानेपानीको समस्या नरहेको बताउँदै उनले ढल व्यवस्थाको समस्या समाधानमा आफूले ध्यान दिएको बताए । ‘ढल जाम हुने समस्या छ । यसको समाधानका लागि काम गरिरहेको छु,’ उनले भने ।
दोस्रो कार्यकालमा रहेका उनले अघिल्लो कार्यकालका बाँकी काम सम्पन्न गर्ने कार्य भइरहेको बताए । यस वडामा नयाँ संरचना बनाउनुपर्ने अवस्था नरहेको भन्दै उनले बनाइसकेका संरचनाको संरक्षण र सुधार मात्र गर्नुपर्ने बताए ।
आफ्नै कार्यकालमै वडा कार्यालयको भवन पुनर्निर्माण गरेर सुविधा सम्पन्न बनाएको उनले बताए । चुनावका बेला जनतामाझ आफूले कुनै प्रतिबद्धता नजनाएको भन्दै उनले अहिले वडाले पाएको बजेटअनुसार काम गर्नेगरेको जानकारी दिए । बाँकी रहेको कार्यकालमा देखिएका समस्या समाधान गर्ने र भएका सम्पदा र भौतिक पूर्वाधारका संरचनाको संरक्षण गरिने उनले बताए ।
स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पनि आवश्यक काम भइरहेको उनको भनाइ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »