सेमेस्टर प्रणाली : धनिलाई फलिफाप, गरिबलाई अभिशाप

कुशल नेपाल
बिद्यार्थी

सम्भवतः संसारकै उत्कृष्ट मध्येको एक भन्थे बिश्लेशकहरु सन् २०१८ मा सेमेस्टर प्रणाली त्रिभुवन विश्वविद्यालयले सुचारु गर्दै गर्दा , म सानै थिएँ, स्मरण गर्दा ९ मा पड्थें जस्तो लाग्छ ।
आजको दिनमा आइपुग्दा त्रि.बि का अधिक्तम कार्यक्रमहरु सेमेस्टर प्रणालीमै हुने गरेका छन् । जे होस् , देख्दा ‘वाह’ गुणस्तरिय शिक्षा देख्न भने पाइएको छ । विविध सबल पक्षहरुलाइ नकार्दै आजको अंशमा यस् प्रणालीका नकारात्मक पक्षहरु समाबेस गरेर यो लेखसँगै अलिकति दुःख तपाईंहरु सामु पस्कन्छु ।

१२ उतिर्ण हुनासाथ २०-२५ लाख ऋण/धन गरेर बैदेशिक शिक्षा को नाममा आधूनिक दास बन्न गएका कामदार बिद्यार्थीकालागि त नेपालको सेमेस्टर प्रणाली पक्कै अभिसाप नबनेको होला तर कैलाली, रुकुम , ताप्लेजुङ , हुम्ला, बाजुरा लगायतका दुर्गम क्षेत्रमा एक बाली अन्न फलाएर जिविकोपार्जन गर्ने किसानका छोरा छोरि सेमेस्टर प्रणाली मा अटाउँछन् त ? नेपालका लाखौं परिवारहरु जसको बार्षिक आय १ लाख भन्दा कम छ , के उनिहरु सेमेस्टर प्रणाली मा अटाउँछन् ? अवश्य नै अटाउदैनन ।

आजको सेमेस्टर प्रणाली ले गरिबका छोराछोरीलाई अत्याधिक महङ्गो शैक्षिक शुल्कले मात्र मारमा पारेको कहाँ छ र , यो प्रणालीले खुलेआम घोषणानै गरेको छ “तिमि शिक्षाकालमा बाउको सम्पत्ति बुझाएर पढ्न सक्छौ भने आउ अन्यत्र तिमि Not qualified ”

योसेमेस्टर प्रणालीमा ८०% हाजिर पुर्याएर कुनै निमुखा बिद्यार्थीले शैक्षिक शुल्क कसरि तिर्ने ? गरिबहरु आफैं कमाएर पढ्न नपाउने भए कहाँबाट ल्याएर पढ्ने ? फेरि ८०% हाजिर पुर्याएर कसरि कमाउन जाने ?
धर्मदेबि माम्लिङ निवासी रिटायर्ड शिक्षक हुनुहुन्छ एकजना केदार सर , उहाँले ८ पास गरेदेखि शिक्षण पेसा गर्दै , आफु पढ्दै , छोराछोरि पढाउदै , घर व्यवहार टार्दै आफुले English मा ब्याचलर सक्काउनु भयो , छोराछोरि कोहि डाक्टर भए , कोहि शैक्षिक, उहाँले कमाउदै पड्दै गर्ने अवसर पाउनाले न , छोराछोरीले उच्च शिक्षाबाट बञ्चित हुन परेन ।

अनि आजको सेमेस्टर प्रणाली मास्टरस् पढुन्जेल ८०% हाजिर अनिबार्य छ ।
अनि कैलालिका किसानका छोराछोरि काठ्माण्डौमा कोठा बसेर , ८०% हाजिर पुर्याएर, ४,५ बर्षे ब्याचलर, २,३ बर्षे मास्टर्स पढ्न सक्छन् त ? त्यत्रो आँट भएका किसान नेपालमा छन् होला र ? हाम्रा तिरका किसान बरु यसो भन्छन् ” २५ बर्ष सम्म रिन गरि गरि पढायो , पढिसकेर बिदेश जान्छु भन्छ , बरु १८ को हुँदै खाडि छिर्यो भने २५ को हुँदा त घर पो बनाउछ ।”
त्यसैले त म २३ बर्षे बेरोजगार बिद्यार्थी यो भन्न बाध्य भए ” सेमेस्टर प्रणाली धनिलाई फलिफाप, गरिवलाई अभिसाप”

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »