Future Leadership Conference आयोजना गर्ने घोषणा गर्दै नेपाल युनाइट्सको सभा सम्पन्न

काठमाडौं। नेपाल युनाइट्सले आफ्नो पाँचौं वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथीका रूपमा माननीय प्रतीक्षा तिवारी उपस्थित रहनु भएको थियो।

गत वर्षका गतिविधिहरूको विवरण प्रस्तुत गर्दै संस्थाले विद्यालयहरूमा लिडरशिप तालिम र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको, कोशी प्रदेशमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको, तिहार र छठ पर्वको अवसरमा धार्मिक सद्भाव प्रवर्द्धन गर्ने नागरिक समाजसँगको सहकार्य कार्यक्रम सम्पन्न गरेको जानकारी दिइयो।

त्यस्तै, मानसिक स्वास्थ्य सम्बन्धी कार्यशाला, दाइजो प्रथा विरुद्ध अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम (मधेश प्रदेश), सप्तरी जिल्लामा संस्थागत विकास कार्यक्रम र अन्तर्राष्ट्रिय स्वयंसेवा कार्यक्रममार्फत नेपालको अर्थतन्त्रलाई सहयोग गर्ने उद्देश्यका साथ गरिएको कार्यहरूबारे प्रतिवेदन प्रस्तुत गरियो।

सभामा संस्थाले आगामी दिनमा सिपमूलक कार्यक्रमलाई प्राथमिकता दिने र फागुन महिनामा Future Leadership Conference आयोजना गर्ने योजनाबारे जानकारी गराएको छ। कार्यक्रममा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै नेपाल युनाइट्सले सामाजिक रुपान्तरणमा युवाको सक्रिय सहभागिता अझै बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »

नवरात्राको चौथो दिन, माता कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

काठमाडाैं, २८ असाेज । बडा दशैं अन्तर्गत नवरात्राको चौथो दिन देवी दुर्गाका नौ रूपमध्ये चौथो स्वरूप कुष्माण्डा देवीको पूजा-आराधना गरिन्छ। पौराणिक मान्यता अनुसार, जब यो ब्रम्हाण्डमा

Read More »

कागेश्वरी मनोहराको राजस्व संकलन साढे १० करोड नाघ्यो

काठमाडौं, २८ असोज। कागेश्वरी मनोहरा नगरपालिकाको राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोज २७ गतेसम्म नगरपालिकाले १० करोड ८७

Read More »