मलाई देशद्रोहि भन्लाउ तर देशको माया लाग्दैन

कुशल नेपाल

सत्यलाई एक्लै जान्न एकदम कठिन छ , तर तपाईंहरु यो कहिल्यै बुझ्नुहुन्न ।


“विचार भन्दा माथि देश” भन्नेहरुलाई जसरी म पागलको संज्ञा दिन्छु, त्यसरीनै तपाईंहरु पनि मलाई पागलको संज्ञा दिन तयार बस्नुहोला ! म आफैलाई बारम्बार प्रश्न गर्छु र आफ्ना प्रश्नहरूको उत्तरहरु म स्वयंसँग अवश्य हुन्छन् तर ती उत्तरहरु समाजमा स्विकर्य भने कदापी होइनन् , मेरा उत्तरहरुलाई समाजले पागलको संज्ञा दिन्छ। तर पनि मलाई समाज एकदम प्रिय लाग्छ , मलाई उकुसमुकुस हुन्छ सायद म पनि तपाईंहरु जस्तै भ्रममै हुन्थे , रमाउँथे ।सत्य थाह पाउँदा पाउँदै यो रंगमंच को नेपथ्यमा खुसी हुन कहिले सकिन , त्यसैले यी कुरा हरु लेख्न बाध्य भए । म अन्योलमा हुन्छु , चेतना सँगै म भित्र उदास म जन्मिएको छ । तर
अनेकन अन्योलताका बीच एउटा चर्को प्रष्टता अवश्य छ , मलाई देशको पटक्कै माया लाग्दैन , म स्वयं अचम्मित हुन्छु , यस्तो कसरी सम्भव छ ? आज सम्म नेपाली भएकोमा किन कहिले गर्बाङ्गित भएको महसुस गरिन ? आज सम्म किन राष्ट्रगानले किन मेरो हृदय छुन सकेन ? आजसम्म राष्ट्रगान गाउँदा वा सुन्दा किन मेरो शरीर मूर्ति तुल्य बन्न सकेन ? के म देशको लागी कुनै मैदान मा ज्यान को बाजी लगाउन सक्छु ? खै मलाई त सक्छु जस्तो पटक्कै लाग्दैन । म माफी चाहन्छु , मेरा उद्देश्यहरू तपाईंलाई ठेस पुर्याउने भने अवश्य होईनन् तर देशभक्ति केवल एउटा नसा मात्र न हो , जुन नसा गरेकोमा तपाईंलाई समाजले पुरस्कृत गर्छ । नभए तपाईंलाई थाहा छ र ? किन लाग्छ तपाईंलाई देशको माया ? किन ? बुद्ध नेपालमा जन्मिएको भएर ? की संसारको सबै भन्दा उच्च हिमश्रृङ्खला नेपालमा अवस्थित भएर हो ? की वीर गोर्खालीका सन्तान हौ भनेर गर्व गर्नुहुन्छ ?
Cocaine को भन्दा ठूलो देशभक्तिको नसा चढाइयो तपाईंलाई तपाईंको विद्यालयको पहिलो दिनबाट नभए बुद्ध नेपालमा जन्मिएको १००% नै सत्य भएपनि यसमा गर्व गर्नु पर्ने के नै छ र ? उनी नेपालमा जन्मिएको भएर न तपाईंले जन्मिँदै उनले दिएको ज्ञान लिएर जन्मिनु हुन्छ, उनी नेपाल नभई अन्य कतै जन्मिएको भए पनि तपाईंको जीवनचर्या फेरिन तपाईंले उहाँलाई पढ्नु नै पर्थ्यो, उनी नेपालमा जन्मिएको तथ्यले न त हिजोका मानिसको जीवनचर्या फेरियो, न आजका मानिसको जीवन चर्या फेरिन्छ, बुद्ध नेपालमा जन्मिएको केवल एउटा तथ्य हो, यसलाई गरबाङ्गित गर्नु भन्दा उनका ज्ञानलाई जीवनमा उपयोग गरेर आफ्नो जीवनचर्या परिवर्तन गर्नु हाम्रो उद्देश्य हुनु पर्छ जस्तो लाग्छ ।
यसरी एउटा भ्रम सृजना गरियो यसमा गर्व गर्नुपर्छ भनेर मानौं जसरी बुद्ध नेपाली हुनुमा तपाईंको केही देन छ ? छ र ?
अनि नेपालको काल्पनिक सिमा भित्र पर्ने सर्वोच्च शिखर सगरमाथा, गर्व गर्नु पर्ने विषय नभएर केवल एउटा हिमाल हो जुन नेपालको सीमा भित्र पर्यो, न यसमा गर्व गरिनु उचित हो , न त यसलाई नेपाल एक्लै ले एकाधिकार बोध गर्नु उचित हो, जब सम्म एवरेस्ट संसारको सर्वोच्च शिखर कहलिरहन्छ, म नेपाली भएर जति यसमा आफ्नो अधिकार सम्झन्छु, संसारको जुन सुकै कुनामा जन्मिएको व्यक्ति ले उत्तिकै अधिकार बोध गर्न पाउनु पर्छ । यसै पनि सगरमाथा आरोहण गर्ने हैसियत अधिकतम 0.5% नेपाली हरूले मात्रै राख्छन ( यो तथ्यांक GDP र औसत सगरमाथा आरोहण खर्चको तुलनात्मक तथ्यांक मात्र हो ),यस अर्थमा के भन्न सकिन्छ भने, अल्फाबेटिकल अर्डरमा रोल नं १ हुनु र सगरमाथालाई गौरवान्वित गरिनु उस्तै नै हुन् ।
समयक्रम सँगै गोर्खाली हुँ र गोर्खाली हुनुमा गर्व गर्नु पर्छ भन्ने भ्रम हाम्रो मस्तिष्क मा भरिदै गयो, संसारका कयौ शक्तिशाली राष्ट्रहरूलाई पराजय गर्न सक्ने साम्राज्यवादी शक्तिहरु नेपाल सँग पराजित भएको जस्तो विश्वास दिलाउन खोजियो, यर्थाथमा नेपाललाई अतिक्रमण गर्दै गर्दा हुने फाइदा यति सुक्ष्म हुन जान्थ्यो की साम्राज्यवादी शक्तिहरूले व्यापारिक दृष्टिकोणबाट नेपाललाई उपयोगी नरहने ठहर गरेर छोडेको भन्ने आज सम्म खुलस्त रूपमा भन्दा आफ्नै ज्यानको बाजी लगाउन बाध्य हुनु पर्ने अवस्था छ । बिर गोर्खालीको गरीमाबोध जसरी नेपाली जनताले गर्ने गरेकाछन, त्यसरी त नेपाली इतिहासमा सुनौलो अवधि भनेर चिनिने लिच्छवि काल का शासकहरू भारतको वैशाली राज्यबाट आएको कुरालाई वैशाली राज्यको देन मानेर भारतले नेपाल माथि गरीमाबोध गर्न मिल्नु पर्ने हो । यहाँ मानिसलाई यति सम्म भ्रममा राखिन्छ की हामी विश्वास गरिरहन्छौं र देशको नाम मा आफ्नो छाती माथि गोली खाने उमेद्वारी दिन सहजै तयार भइदिन्छौ । अनेकन संघर्षका बीच, राज्यले गरेका अनेकन अत्याचारका बीच पनि तपाईं रमाउँनु हुन्छ, तपाई यही राज्यका विपरीत वर्गका सामन्तीहरु सँग खुसी खुसी सहकार्य गर्न तयार हुनुहुन्छ, किन ? किनकि तपाईं देशभक्तिको नसामा हुनुहुन्छ र यो नसा अमृत्तुल्य छ, यो नसा बाट बाहिर निस्किन गहिरो चिन्तन आवश्यक छ, मैले पहिला भनेको थिए मलाई समाज प्रिय लाग्छ र समाजलाई चेतनाको धरातलमा उतार्नु नै मेरो कर्तव्य हो भन्ने लाग्छ, समाजमा चेतना पस्कनुनै म शिक्षित हुनुको अर्थ हो जस्तो लाग्छ ।

नेपालीले नेपाललाई माया गर्नु गलत हो भन्ने मेरो मुख्य मुद्दा भने कदापी होइन, मेरो मुख्य मुद्दा भनेको त, देश भन्ने संस्थानै गलत छ भन्ने हो, यो एउटा भ्रम हो, तपाईंमाथि भएको अन्याय र राष्ट्रले आफ्नो नागरिकको जीवनस्तरका निम्ति खेल्नु पर्ने भूमिका निर्वाह गर्न विफल हुँदा दिइने नसा मात्र हो । नभए कसरी सम्भव हुन्छ तपाई भोकोपेट राष्ट्रको निम्ति गोली खाने उमेद्वारी दिन तयार भई दिनुहुन्छ ? जसरी रक्सीको नसामा संसारकै सर्वशक्तिमान मानिसले आफूलाई सम्झन्छ, त्यसरी नै तानाशाहहरूले देशभक्तिको नसा दिएर आफ्ना नागरिकलाई देशको निम्ति गोली खान तयार बनाउँछन् र हामि देशका निम्ति मरिरहन्छौ ।

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »

बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता

Read More »

डीडीसीले दैनिक १ लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने

काठमाडाै‌ । किसानको बक्यौता घटाउँदै आएको दुग्ध विकास संस्थान (डीडीसी)ले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य अघि सारेको छ। हाल ६५

Read More »