टर्कीको संसद्मा सांसदबीच कुटाकुट

काठमाडौं । टर्कीको संसद्मा सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच कुटाकुट भएको छ । विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै झगडा र कुटपिट भएको हो ।

विपक्षी सांसदले राष्ट्रपति रेसेप तैयप एर्दोगानले न्याय मन्त्रालयको जिम्मेवारी दिएका विवादास्पद इस्तानबुलका मुख्य अभियोजक अकिन गुरलेकलाई संसद्मा शपथग्रहण गर्नबाट रोक्ने प्रयास गरेका थिए ।

तनाव बढ्दै जाँदा सांसदहरूले एकार्कालाई धकेलिरहेको देखिएको थियो । केहीले मुक्का पनि हानेका थिए ।

इस्तानबुलका मुख्य अभियोजकका रूपमा गुरलेकले मुख्य विपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सीएचपी)का धेरै सदस्यमाथि मुद्दाको नेतृत्व गरेका थिए । ती मुद्दालाई विपक्षीले राजनीतिक प्रेरित भन्दै लामो समयदेखि निन्दा गर्दै आएका छन् ।

पूर्वअभियोजक गुरलेकलाई पछि सत्तारूढ दलका सांसदले घेरेर शपथ गराए ।

एर्दोगानले पूर्वी प्रान्त एर्जुरुमका गभर्नर मुस्तफा चिफ्त्चीलाई गृहमन्त्री नियुक्त गरेका छन् ।

सीएचपी नेतृत्वबाट सञ्चालित नगरपालिकाका सयौँ अधिकारीहरूलाई भ्रष्टाचार अनुसन्धानमा पक्राउ गरिएको छ । तीमध्ये इस्तानबुलका मेयर एकरेम इमामोग्लु पनि छन्, जसलाई एर्दोगानको मुख्य प्रतिद्वन्द्वी मानिन्छ । इमामोग्लुलाई गत वर्ष पक्राउ गरिएको थियो ।

सरकारले न्यायपालिकाले स्वतन्त्र रूपमा काम गर्ने जिकिर गर्दै आएको छ । हालको मन्त्रिपरिषद् फेरबदलको कुनै आधिकारिक कारण दिइएको छैन । बाहिरिएका मन्त्रीहरूले जिम्मेवारीबाट मुक्त हुन अनुरोध गरिएको जनाएको सरकारी राजपत्रमा उल्लेख छ ।

टर्कीमा सम्भावित संवैधानिक सुधारको बहस चलिरहेका बेला यी नियुक्ति गरिएको छ । दशकौँदेखिको द्वन्द्व अन्त्य गर्न मिलिटेन्ट कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)सँग शान्तिको पहल अघि बढाइएको छ ।

सप्तरीमा ससुराको हत्या गरी फरार दुई प्रतिवादी पक्राउ

सप्तरी : सप्तरी प्रहरीले ११ वर्षअघि एक व्यक्तिको अपहरणपछि हत्या गरेको आरोपमा लामो समयदेखि फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले

Read More »

हामी सुपर कम्प्युटर होइनौँ, दुई दिनमै बजेटको गम्भीर विश्लेषण सम्भव छैन: खुश्बु ओली

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा

Read More »

ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन दर पछिल्ला दिनहरूमा बढेर ३६ प्रतिशत पुगेको छ । जीवनयापन खर्चबारे जनअसन्तुष्टि केही कम भएकाले अमेरिकामा उनको लोकप्रियतामा

Read More »

सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार

​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट दर्ता भएको छ। साताको कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक ६.३१ अङ्कले ओरालो लागेर २७०५.४५

Read More »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ ।चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार

Read More »

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । छपाई अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीइले आइतबार राति अर्याललाई पक्राउ गरेको

Read More »