थप अनुसन्धानका लागि सीआईबी र पोलिग्राफको टोली सुर्खेत आउँदै

सुर्खेत । बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विक मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज बाँकेबाट पोलिग्राफ गर्ने अर्को एक टोली सुर्खेत आउने भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधीरराज शाहीले उक्त टोली आज नै सुर्खेत आउन लागेको जानकारी दिए । सीआईबीबाट एकजना र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्ज बाँकेबाट पोलिग्राफ गर्ने दुईजनाको टोली सुर्खेत आउन लागेको हो ।

पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिएको र थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको प्रहरी निरीक्षक शाहीले बताए ।

पोलिग्राफको टोलीले पोलिग्राफमार्फत झुटो बोलेको पत्ता लगाउँछ । त्यस्तै सोही अफिसबाट सीडीआर एनलाइसिसलगायतको विज्ञ टोली पनि आउन लागेको शाहीले जानकारी दिए ।

चोलेन्द्रशमशेर पक्राउ प्रकरण : एआईजी दाहाललाई सेवाबाट बर्खास्तीको सिफारिस

काठमाडौं, २३ असोज । सशस्त्र प्रहरी बलका निलम्बित एआईजी वंशीराज दाहाललाई कारबाहीको सिफारिस भएको छ । प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वको गतिविधिबारे गोप्य सुरक्षा सूचना चुहाएको

Read More »

कांग्रेस महाधिवेशन : मतदान जारी, ढुक्क भएर मतदान गर्न गगनको अपिल

काठमाडौँ, २२ असोज।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान प्रक्रिया जारी छ। निर्धारित समयभन्दा प्राविधिक कारणले निर्वाचन एक दिन ढिलो भएपछि नेपाली

Read More »

चाडपर्वमा ललितपुरमा सुरक्षा कडा : १ हजार ३४९ प्रहरी परिचालन

काठमाडौं २१ असोज। चाडपर्वको समयमा हुनसक्ने चोरी, लुटपाट, झैँ–झगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ललितपुर प्रहरीले विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

Read More »

राठौरले उम्मेदवारी फिर्ता लिए, सभापतिमा गगनलाई समर्थन

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध हुने भएका छन् ।  जारी १५औं महाधिवेशनअन्तर्गत उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा सभापतिमा उम्मेदवारी दिएका

Read More »

राइड सेयरिङ चालकका लागि ‘वन स्टप’ सेवा : गङ्गबुमा खुल्यो राइड केयर नेपाल

काठमाडौं । काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै ‘राइड केयर नेपाल’ सञ्चालनमा आएको छ। टोखा नगरपालिका–९ वडा कार्यालयसँगै स्थापना गरिएको

Read More »

फेरि सुर भयाे वर्षा, मधेशबाहेकका प्रदेशमा शुक्रबारसम्म धान नकाट्न अपिल

काठमाडौं । मनसुन बाहिरिने क्रममा देशभर हल्कादेखि भीषण वर्षा सुरु भएको छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै देशका अधिकांश भागमा वर्षा हुनेछ

Read More »