क्यान्सरको उपचारसम्बन्धी सेवालाई विशेषज्ञसहित अत्याधुनिक र बहुविषयगत बनाउन किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ता गुरुग्रामबीच सहकार्य

काठमाडौँ : क्यान्सरको उपचारसम्बन्धी सेवालाई विशेषज्ञसहित अत्याधुनिक र बहुविषयगत बनाउन किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ता गुरुग्रामबीच सहकार्यमा भएको छ । हाल नेपालमा रहनुभएका मेदान्ता गुरुग्रामका क्यान्सर रोग विशेषज्ञ डा सत्यपाल कटारियासहितको टोलीसँगको छलफलपछि सहकार्य गरी सेवालाई थप प्रभावकारी बनाउने विषयमा विमर्श भएको हो ।

मेदान्तासँगको सहकार्यले नेपालका क्यान्सर बिरामीलाई अन्तरराष्ट्रियस्तरको विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउन सकिने भएको किष्ट अस्पतालका क्यान्सर उपचार सेवा विभागका प्रमुख प्राडा विष्णुदत्त पौडेलले बताउनुभयो । छलफलमा किस्ट शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकका साथै विभिन्न अस्पताल तथा संस्थाबाट आएका वरिष्ठ चिकित्सक तथा चिकित्सा विशेषज्ञको सहभागिता थियो । उहाँहरूबीच क्यान्सर उपचारका नवीनतम् प्रविधि, जटिल बिरामीको बहुविषयगत व्यवस्थापन तथा अन्तरराष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो ।

डा पौडेलका अनुसार किष्ट अस्पतालमा अनुभवी क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञ तथा अन्य विशेषज्ञको टोलीमार्फत टाउकोदेखि खुट्टासम्म हुने सबै प्रकारका क्यान्सरको पहिचान, शल्यक्रिया तथा उपचार सेवा उपलब्ध हुँदै आएको छ । किस्ट क्यान्सर केन्द्रले टेलिमेडिसिन (प्रविधिको प्रयोग गरेर टाढैबाट बिरामीको जाँच, परामर्श र उपचार गर्ने प्रक्रिया) मार्फत दोस्रो राय तथा टेली परामर्श सेवासमेत प्रदान गर्दै आएको छ ।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »