क्यान्सरको उपचारसम्बन्धी सेवालाई विशेषज्ञसहित अत्याधुनिक र बहुविषयगत बनाउन किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ता गुरुग्रामबीच सहकार्य

काठमाडौँ : क्यान्सरको उपचारसम्बन्धी सेवालाई विशेषज्ञसहित अत्याधुनिक र बहुविषयगत बनाउन किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ता गुरुग्रामबीच सहकार्यमा भएको छ । हाल नेपालमा रहनुभएका मेदान्ता गुरुग्रामका क्यान्सर रोग विशेषज्ञ डा सत्यपाल कटारियासहितको टोलीसँगको छलफलपछि सहकार्य गरी सेवालाई थप प्रभावकारी बनाउने विषयमा विमर्श भएको हो ।

मेदान्तासँगको सहकार्यले नेपालका क्यान्सर बिरामीलाई अन्तरराष्ट्रियस्तरको विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउन सकिने भएको किष्ट अस्पतालका क्यान्सर उपचार सेवा विभागका प्रमुख प्राडा विष्णुदत्त पौडेलले बताउनुभयो । छलफलमा किस्ट शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकका साथै विभिन्न अस्पताल तथा संस्थाबाट आएका वरिष्ठ चिकित्सक तथा चिकित्सा विशेषज्ञको सहभागिता थियो । उहाँहरूबीच क्यान्सर उपचारका नवीनतम् प्रविधि, जटिल बिरामीको बहुविषयगत व्यवस्थापन तथा अन्तरराष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो ।

डा पौडेलका अनुसार किष्ट अस्पतालमा अनुभवी क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञ तथा अन्य विशेषज्ञको टोलीमार्फत टाउकोदेखि खुट्टासम्म हुने सबै प्रकारका क्यान्सरको पहिचान, शल्यक्रिया तथा उपचार सेवा उपलब्ध हुँदै आएको छ । किस्ट क्यान्सर केन्द्रले टेलिमेडिसिन (प्रविधिको प्रयोग गरेर टाढैबाट बिरामीको जाँच, परामर्श र उपचार गर्ने प्रक्रिया) मार्फत दोस्रो राय तथा टेली परामर्श सेवासमेत प्रदान गर्दै आएको छ ।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »