सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको उत्कृष्ट कार्यसम्पादनको सम्मानस्वरूप आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम काठमाडौंमा भव्य रुपमा सम्पन्न गरेको छ ।

कम्पनीका अनुसार एक हजारभन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा छनोट भएका सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो । कार्यक्रमभर उत्साह, सम्मान, आत्मगौरव र सफलताको भावनाले भरिएको वातावरण देखिएको थियो ।

कार्यक्रमको औपचारिक शुभारम्भ कम्पनीको नयाँ आई–सोलुसन प्रणाली सफ्टवेयर ‘भर्सन नेक्स्ट’ को शुभारम्भसँगै गरिएको थियो । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक समितिका सदस्यहरू तथा व्यवस्थापन टोलीले संयुक्त रूपमा ‘भर्सन नेक्स्ट’को उद्घाटन गर्दै कम्पनीको डिजिटल रूपान्तरणतर्फको नयाँ यात्राको शुभारम्भ गरेका थिए । आधुनिक प्रविधिमा आधारित यस प्रणालीले कम्पनीको सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो, सुरक्षित तथा ग्राहकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो । यस अवसरमा कम्पनीले प्रविधिमैत्री, नवप्रवर्तनमुखी तथा भविष्य उन्मुख संस्थाको रूपमा आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्‍याएको थियो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा ह्युमानोइड रोबोट तथा रोबोटिक डग प्रस्तुत गरिएका थिए । ह्युमानोइड रोबोटले प्रेरणादायी तथा सूचनामूलक हास्यरस मिश्रित सम्बोधन गर्दै सहभागीहरूको विशेष ध्यान आकर्षित गरेको थियो । आधुनिक प्रविधि र नवप्रवर्तनलाई कार्यक्रमसँग जोड्ने कम्पनीको प्रयास सहभागीहरूले अत्यन्त रुचाएका थिए ।

हास्य कलाकार सुन्दर खनालले आफ्नो उत्कृष्ट प्रस्तुतिमार्फत सम्पूर्ण हललाई हाँसोले गुञ्जायमान बनाएका थिए भने कम्पनीका ब्राण्ड एम्बेसडर, नेपाली हास्यव्यंग्यका महान् व्यक्तित्व हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको विशेष उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो । उनीहरूको मनोरञ्जनात्मक प्रस्तुतिले सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।

कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, सञ्चालक महेश स्वर, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल तथा प्रमुख बजार अधिकृत भूषण रिमालले सम्बोधन गर्दै कम्पनीको भावी रणनीति, बीमा व्यवसायको सम्भावना, नेतृत्व विकास तथा उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिन सहभागीहरूलाई प्रेरित गरेका थिए । उनीहरूले सिटिजन लाइफलाई अझ सशक्त, दिगो र परिणाममुखी संस्थाका रूपमा अघि बढाउन सबैलाई एकजुट भएर कार्य गर्न आग्रह गरे ।

कार्यक्रमका क्रममा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने ७८० जना सिटिजन लिडर, एजेन्सी म्यानेजर, अभिकर्ता तथा शाखाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

यस अवसरमा बुटवल शाखाले प्रथम बीमा शुल्क संकलनतर्फ देशभरकै उत्कृष्ट शाखाको उपाधि हासिल गर्‍यो । भेषराज भट्टराई उत्कृष्ट स्टार एजेन्सी म्यानेजर घोषित हुँदै बीमा शुल्क संकलनका आधारमा प्रथम स्थान हासिल गरे । नितेश श्रेष्ठ प्रथम बीमा शुल्क संकलनका आधारमा उत्कृष्ट सिटिजन लिडर बन्न सफल भए ।

यस्तै, गीता पौडेलले सर्वाधिक बीमालेख जारी गर्ने अभिकर्ताका रूपमा प्रथम स्थान हासिल गरिन् । दिलबहादुर धामी सर्वाधिक अभिकर्ता भर्तीतर्फ प्रथम भए ।

कार्यक्रममा विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतिहरूले थप रौनकता प्रदान गरेका थिए ।

सहभागीहरूले सम्मान, मनोरञ्जन, प्रेरणा र प्रविधिको अद्वितीय संयोजन अनुभव गरेका थिए । सम्पूर्ण कार्यक्रम उच्चस्तरीय व्यवस्थापन, अनुशासित सञ्चालन तथा आकर्षक प्रस्तुतीकरणका कारण सहभागीहरूबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ।

सिटिजन लाइफले यस्ता सम्मान कार्यक्रमहरूमार्फत उत्कृष्ट कार्यसम्पादन गर्ने सिटिजन लिडरहरूलाई थप प्रेरित गर्दै बीमा सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा संस्थागत उत्कृष्टतालाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »