रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२–८३ मा रु १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ । गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि लामो समय आवतजावत ठप्प हुँदा निर्धारित लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिए।

उनका अनुसार गत वर्ष रु ४० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा मितेरी पुल बगेपछि दुईतर्फ हुने सामन आयात–निर्यात ठप्प भएपछि निर्धारित लक्ष्यबमोजिम राजस्व सङ्कलन गर्न नसकिएको हो । सङ्घीय राजधानी काठमाडौँबाट नजिक पर्ने सो व्यापारिक नाकाबाट चालु आर्थिक वर्षका लागि रु २५ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

सो व्यापारिक नाकाबाट गत आव २०८२–८३ मा रु ४३ अर्ब ७३ करोड बराबरका विभिन्न मालसामान नेपाल भित्रिएको थियो । त्यस्तै अघिल्लो आव २०८१–८२ मा रु ८५ अर्ब २३ करोड बराबरका सामग्री आयात भएको थियो । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ सहरबाट नेपालमा दैनिक उपभोग्य वस्तु, तयारी पोसाक, विद्युतीय सामग्री, जलविद्युत् आयोजनाका उपकरण, विद्युतीय सवारीसाधन तथा अन्य औद्योगिक सामग्री यही नाका हुँदै नेपाल भित्रिने गरेको छ ।

रसुवा भन्सार कार्यालय टिमुरेका अनुसार रोल कपडा, तयारी पोसाक, जुत्ता–चप्पल, थर्मस, बालबालिकाका खेलौना, अदुवा, लसुन, अङ्गुर, ओखर, स्याउ, कुकर, विद्युतीय सवारीसाधन तथा बालबालिकाका पोसाकलगायत विविध सामग्री यही नाकाबाट नेपाल भित्रिने गरेको छ । भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेका अनुसार प्राकृतिक विपद्का कारण सडक सञ्जाल कहिले र कहाँ अवरुद्ध हुन्छ भन्ने अनिश्चितता रहे पनि चालु आर्थिक वर्षका लागि रु २५ अर्ब ५० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको छ ।

वर्षायाममा हुने अवरोध हटाउन यसअघि रसुवागढी हाइड्रोपावरले काम गरे पनि मितेरी पुल बग्दा सडक ठप्प भएको थियो । यस वर्ष सडक सुधारका लागि चिनियाँ ठेकेदार कम्पनी उपकरणसहित तैनाथी अवस्थामा रहेको र रसुवागढी नाकामा ‘बेली ब्रिज’समेत बनेकाले लामो समयसम्म सो सडकखण्ड अवरुद्ध नहुने अपेक्षा गरिएको छ ।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »