नबिल बैंकको नाफा ७ अर्ब ९० करोड

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५० प्रतिशतले वृद्धि भई ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) उल्लेखनीय रूपमा घटाएको छ । अघिल्लो आर्थिक वर्षमा ४ अर्ब २० करोड १४ लाख रुपैयाँ छुट्याएको बैंकले समीक्षा अवधिमा उक्त रकम घटाएर २ अर्ब ६७ करोड ७७ लाख रुपैयाँमा सीमित गरेको छ । यसले बैंकको नाफा वृद्धि गर्न महत्वपूर्ण योगदान दिएको देखिएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, सञ्चालन नाफा २५.२२ प्रतिशतले वृद्धि भई ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड रुपैयाँ रहेको छ । यस आधारमा बैंकले सेयरधनीलाई प्रतिकित्ता १९ रुपैयाँ १० पैसा लाभांश वितरण गर्नसक्ने देखिएको छ ।

चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ । उक्त पूँजीमा ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार सेयर पनि समावेश छ । बैंकको जगेडा कोषमा ३९ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिसम्म बैंकले ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस्तै, बैंकको निष्क्रिय कर्जा अघिल्लो वर्षको ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा कायम रहेको छ ।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »