विराट एक्स्पो : उद्योग–व्यापारसँगै ब्रान्ड र मनोरञ्जनको ‘कम्बिनेसन’

काठमाडाैं । माेरङकाे विराटनगरमा आयोजना हुने विराट एक्स्पो–२०२६ यसपटक परम्परागत औद्योगिक तथा व्यापारिक प्रदर्शनीमा मात्र सीमित नहुने भएको छ। उद्योग, व्यापार, उद्यमशीलता र लगानीसँगै मनोरञ्जन तथा नयाँ अवसरलाई समेत जोडेर एक्स्पोलाई थप फराकिलो बनाउने तयारी गरिएको छ।

आगामी पुस २ देखि ११ गतेसम्म आयोजना हुने नवौँ संस्करणको एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति निर्माताको सहभागिता रहने आयोजक उद्योग संगठन मोरङले जनाएको छ। आयोजकले २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरेको छ।

यसैबीच, एक्स्पोको मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने सम्झौता भएको छ। उद्योग संगठन मोरङ र एक्स्ट्रिम इनर्जी ड्रिंक्सबीच शुक्रबार विराटनगरमा सम्झौता भएको हो। म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ र वामवाम हाइड्रेसन ड्रिंक ‘हाइड्रेसन पार्टनर’ बनेका छन्।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले एक्स्पोले उत्पादन र सेवाको प्रदर्शनसँगै उद्योग, व्यापार, लगानी, रोजगारी र उद्यमशीलताका अवसरलाई जोड्ने बताए।

एक्स्पो संयोजक विपिन काबराले मुख्य प्रायोजकको सहभागिताले कार्यक्रमको आकर्षण थप बढाउने र साझेदारीलाई ब्रान्ड प्रवद्र्धनमा मात्र सीमित नराखी एक्स्पोका विभिन्न गतिविधिसँग जोडिने बताए।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »