फेरि सुर भयाे वर्षा, मधेशबाहेकका प्रदेशमा शुक्रबारसम्म धान नकाट्न अपिल

काठमाडौं । मनसुन बाहिरिने क्रममा देशभर हल्कादेखि भीषण वर्षा सुरु भएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै देशका अधिकांश भागमा वर्षा हुनेछ । खासगरी मधेशबाहेकका प्रदेशमा तीन दिन धान नकाट्न महाशाखाले अपिल गरेको छ ।

मंगलबारदेखि नै देशका विभिन्न भागमा मेघगर्जन र हावाहुरीसहितको वर्षा सुरु भएको हो । बुधबार बिहानदेखि काठमाडौं उपत्यकासहित गण्डकी र लुम्बिनी प्रदेशमा पानी परिरहेको छ ।

‘आज असोज २१ गतेदेखि पर्सि २३ गतेसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना छ। विशेषगरी मधेश प्रदेशबाहेकका स्थानका बासिन्दाले धानबाली भित्र्याउने तर्खरमा हुनुहुन्छ भने यो तीन दिन धान नकाट्नु होला। खोला खहरेहरुमा अकस्मात बाढी आउन सक्ने सम्भावना रहेकाले सचेत रहनु होला,’ पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

पछिल्लो वर्षाले दसैंमा घर जान चाहनेका लागि निकै समस्या हुने देखिएको छ । तीन दिनको वर्षाले बाढीपहिरोको जोखिम र सडक कटानको समस्या निम्तिने अवस्था छ ।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »