राइड सेयरिङ चालकका लागि ‘वन स्टप’ सेवा : गङ्गबुमा खुल्यो राइड केयर नेपाल

काठमाडौं । काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै ‘राइड केयर नेपाल’ सञ्चालनमा आएको छ। टोखा नगरपालिका–९ वडा कार्यालयसँगै स्थापना गरिएको राइड केयर नेपालको उद्घाटन २०८३ असोज २१ गते गरिएको हो।

राइड सेयरिङ क्षेत्रमा आबद्ध चालकलाई आवश्यक सेवा, सुविधा तथा सहयोग उपलब्ध गराउने उद्देश्यले राइड केयर नेपाल सञ्चालनमा ल्याइएको सञ्चालकहरूले बताएका छन्। पठाओ, इन्ड्राइभर, याङ्गगो, उबर लगायतका राइड सेयरिङ प्लेटफर्ममा आबद्ध चालकलाई प्राथमिकता दिँदै विभिन्न सेवा तथा सुविधाहरू उपलब्ध गराउने तयारी गरिएको छ।

राइड केयर नेपालमा बाइक सर्भिसिङमा विशेष सुविधा, पार्टपुर्जामा छुट तथा एमआरपीमा विशेष छुट उपलब्ध गराइने जनाइएको छ। दसैँलाई लक्षित गर्दै विशेष अफरसमेत सञ्चालन गरिएको छ। जसअनुसार फुल सर्भिस गराउने ग्राहकलाई निःशुल्क थकाली खाना उपलब्ध गराउने व्यवस्था गरिएको सञ्चालकहरूको भनाइ छ।

त्यस्तै, बाइकको मर्मतसम्भारका लागि फाइनान्सिङ सुविधा, रिकन्डिसन बाइकको कारोबार, बाइक रेन्टल, रेस्टुरेन्ट तथा सैलुन सेवा सञ्चालन गर्ने योजना रहेको राइड केयर नेपालले जनाएको छ। ग्राहक तथा राइडरलाई लक्षित गर्दै विभिन्न कार्यक्रम तथा इभेन्टसमेत आयोजना गरिने बताइएको छ।

राइड केयर नेपालले आफ्नै ५० वटा बाइक सञ्चालनमा ल्याएर राइड सेयरिङ सेवा प्रदान गर्ने तयारी समेत गरेको छ। यसबाट राइडर तथा यात्रुलाई थप सहज, व्यवस्थित र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्य रहेको सञ्चालकहरूले बताएका छन्।

राइड सेयरिङ क्षेत्रमा आबद्ध चालकका लागि एउटै स्थानबाट सर्भिसिङदेखि अन्य आवश्यक सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको राइड केयर नेपालले आगामी दिनमा सेवा विस्तार गर्ने जनाएको छ। राइड केयर नेपालका सञ्चालकहरूमा श्रीराम थपलिया, रुपक कुँवर र मनिष कुँवर रहेका छन्।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »