नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन माग, संयुक्त अपिलसहित अनसन

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको ३५औँ केन्द्रीय, एनईसी तथा चौथो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचनलाई निष्पक्ष, समावेशी, पारदर्शी तथा सर्वस्वीकार्य बनाउन माग गर्दै सरोकारवालाहरूले संयुक्त अपिल जारी गरेका छन्।

संयुक्त अपिलमार्फत निर्वाचन प्रक्रियामा देखिएका सदस्यता, मतदाता नामावली तथा निर्वाचन कार्यतालिकासम्बन्धी विषयमा गम्भीर समीक्षा गर्न माग गरिएको छ। उनीहरूले निर्वाचनको विश्वसनीयताका लागि सम्बन्धित सबै सरोकारवालाबीच अर्थपूर्ण सहभागिता र संवाद आवश्यक रहेको बताएका छन्।

अपिलमा एसोसिएसनको कुल सदस्य संख्या करिब ४६ हजार रहेकोमा हाल करिब १४ हजार २९४ सदस्य मात्र कायम देखिएको भन्दै प्रश्न उठाइएको छ। करिब ३२ हजार सदस्यलाई बाहिर राखेर निर्वाचन गराउँदा समावेशी र उचित प्रतिनिधित्व सुनिश्चित हुन नसक्ने उनीहरूको दाबी छ।

त्यस्तै, निर्वाचनको मिति, कार्यक्रम तथा कार्यतालिका, सदस्यता व्यवस्थापन र मतदाता नामावलीलगायत महत्वपूर्ण विषयमा सम्बन्धित सरोकारवालासँग पर्याप्त तथा औपचारिक परामर्श गर्नुपर्ने माग गरिएको छ।

श्रावण १७ गतेदेखि सदस्यता प्रक्रिया रोकिएको विषयमा समेत अपिलमा असन्तुष्टि जनाइएको छ। सोही मितिमा सम्बन्धित सरोकारवालासँग आवश्यक सल्लाह तथा परामर्श हुन नसकेको भन्दै अन्तिम सदस्यता विवरण सार्वजनिक तथा प्रमाणीकरण नगरी निर्वाचन प्रक्रिया अघि बढाउनु गम्भीर त्रुटि हुने बताइएको छ।

संयुक्त अपिलमा निर्वाचन कार्यतालिकालाई समेत पुनः परामर्श गरी समयसापेक्ष, व्यावहारिक, समावेशी र सर्वस्वीकार्य बनाउन आग्रह गरिएको छ।

निर्वाचन समितिमा सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व सुनिश्चित गर्दै समयमै समिति गठन गर्नुपर्ने उनीहरूको माग छ। निर्वाचनको आधार नै सदस्यता विवरण भएकाले सदस्यताको तथ्यांकमा पारदर्शिता कायम नगरी निर्वाचन प्रक्रिया अगाडि बढाउन नहुने अपिलमा उल्लेख छ।

उनीहरूले आफूहरूको माग कुनै पक्षविशेषको पक्ष वा विपक्षमा नभई निष्पक्ष, समावेशी, पारदर्शी, विश्वसनीय र सर्वस्वीकार्य निर्वाचन सुनिश्चित गर्न केन्द्रित रहेको स्पष्ट पारेका छन्।

“निष्पक्ष निर्वाचन, सशक्त संस्था, समृद्ध पेशागत समुदाय” भन्ने नारासहित जारी गरिएको संयुक्त अपिलमा नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन प्रक्रियालाई लिएर देखिएका विवाद संवाद र सहमतिमार्फत समाधान गर्न आग्रह गरिएको छ।

असोज १० गते मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार कित्ता सेयरको लकइन अवधि

काठमाडाैं । मिड सोलु हाइड्रोपावर लिमिटेडको ७७ लाख ६३ हजारभन्दा बढी कित्ता सेयरको लकइन अवधि आगामी असोज १० गतेबाट सकिने भएको छ। बुधबार कम्पनीले जारी

Read More »

स्वस्तिक लघुवित्तले बोलायो एजिएम, २०० प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी

काठमाडाै‌ । स्वस्तिक लघुवित्तले यही भदौ २७ गते आर्थिक वर्ष २०८१/८२ को साधारणसभा बोलाएको छ । कम्पनीले सभाको विशेष प्रस्तावअन्तर्गत १:२ को अनुपातमा २०० प्रतिशत

Read More »

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशककाे जिम्मेवारी सञ्जिव बराललाई

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा जिम्मेवारी सञ्जिव बराललाई दिएकाे छ । बुधबार नवनियुक्त कार्यकारी निर्देशक बरालले बबरमहलस्थित केन्द्रको कार्यालय पुगेर औपचारिक

Read More »

नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा डा. ढुन्डिराज पौडेल

काठमाडौं । स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको

Read More »

शिक्षा संवाद : शिक्षकलाई उच्च सम्मान सहित सेवा सुविधा उपलब्ध गराउन सुझाब

बुटवल । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी शिक्षा ऐन निर्माण अघि सातै प्रदेशमा सञ्चालन गरेको शिक्षा संवाद अभियानअन्तर्गत बुधवार लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको छ

Read More »

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन माग, संयुक्त अपिलसहित अनसन

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको ३५औँ केन्द्रीय, एनईसी तथा चौथो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचनलाई निष्पक्ष, समावेशी, पारदर्शी तथा सर्वस्वीकार्य बनाउन माग गर्दै सरोकारवालाहरूले संयुक्त अपिल

Read More »