काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा जिम्मेवारी सञ्जिव बराललाई दिएकाे छ । बुधबार नवनियुक्त कार्यकारी निर्देशक बरालले बबरमहलस्थित केन्द्रको कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
साविकको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान विभागअन्तर्गतका जलविज्ञान सम्बन्धी शाखा तथा महाशाखा एकीकृत गरी ‘जल तथा ऊर्जा आयोग’ पुनर्गठन गरिएको छ । यही आयोग सचिवालयअन्तर्गत केन्द्रको स्थापना गरिएको हो । हाल केन्द्रअन्तर्गत धरान, पोखरा, कोहलपुर र अत्तरियामा जलविज्ञान कार्यालय सञ्चालनमा छन् ।
बरालले बागमती प्रदेशको सचिवका रूपमा १३ महिना काम गरेका छन् भने जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा समेत भइसकेका छन् ।








