स्वस्तिक लघुवित्तले बोलायो एजिएम, २०० प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी

काठमाडाै‌ । स्वस्तिक लघुवित्तले यही भदौ २७ गते आर्थिक वर्ष २०८१/८२ को साधारणसभा बोलाएको छ । कम्पनीले सभाको विशेष प्रस्तावअन्तर्गत १:२ को अनुपातमा २०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन सक्ने छन् । कम्पनीले सभामा पेस गर्ने ४ बुँदे प्रस्ताव र अर्काे ३ बुँदे विशेष प्रस्ताव तयार गरेकाे छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०८१ / ८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु तथा सम्बन्धित अनुसुचिहरु छलफल गरि पारित गर्ने ।

३. बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०८२ / ०८३ का लागी लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

४. सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधीत्व हुनेगरि एकजना महिला सहित २ (दुई) जना सञ्चालकको निर्वाचन सम्बन्धमा ।

विषेश प्रस्ताव
१. वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा / नियमहरुको संशोधन स्वीकृत गर्ने (जारी र चुक्ता पुजी बृद्धि गर्ने एवं अन्य दफा तथा नियमहरुमा आवश्यक संशोधन गर्ने) तथा उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरवदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक संशोधन / परिमार्जन गर्न संचालक समिति वा संचालक समितिले तोकेको पदाधिकारीलाई अधिकार दिने ।

२. नियामक निकायले स्वीकृति प्रदान गरेमा १:२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने ।

३. वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई मर्जर / प्राप्ती (Merger /Acquisition) गर्न वा भई जान उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पुर्ण कार्य गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने । ४. सञ्चालकहरुको भत्ता तथा सुविधा परिमार्जन गर्ने सम्बन्धमा ।

असोज १० गते मिड सोलु हाइड्रोपावरको ७७ लाख ६३ हजार कित्ता सेयरको लकइन अवधि

काठमाडाैं । मिड सोलु हाइड्रोपावर लिमिटेडको ७७ लाख ६३ हजारभन्दा बढी कित्ता सेयरको लकइन अवधि आगामी असोज १० गतेबाट सकिने भएको छ। बुधबार कम्पनीले जारी

Read More »

स्वस्तिक लघुवित्तले बोलायो एजिएम, २०० प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी

काठमाडाै‌ । स्वस्तिक लघुवित्तले यही भदौ २७ गते आर्थिक वर्ष २०८१/८२ को साधारणसभा बोलाएको छ । कम्पनीले सभाको विशेष प्रस्तावअन्तर्गत १:२ को अनुपातमा २०० प्रतिशत

Read More »

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशककाे जिम्मेवारी सञ्जिव बराललाई

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा जिम्मेवारी सञ्जिव बराललाई दिएकाे छ । बुधबार नवनियुक्त कार्यकारी निर्देशक बरालले बबरमहलस्थित केन्द्रको कार्यालय पुगेर औपचारिक

Read More »

नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा डा. ढुन्डिराज पौडेल

काठमाडौं । स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षाका विषयमा लामो समयदेखि सक्रिय रहँदै आएका वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल नेपाल मेडिकल काउन्सिलको

Read More »

शिक्षा संवाद : शिक्षकलाई उच्च सम्मान सहित सेवा सुविधा उपलब्ध गराउन सुझाब

बुटवल । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी शिक्षा ऐन निर्माण अघि सातै प्रदेशमा सञ्चालन गरेको शिक्षा संवाद अभियानअन्तर्गत बुधवार लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको छ

Read More »

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन माग, संयुक्त अपिलसहित अनसन

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको ३५औँ केन्द्रीय, एनईसी तथा चौथो प्रादेशिक कार्यकारिणी समितिको निर्वाचनलाई निष्पक्ष, समावेशी, पारदर्शी तथा सर्वस्वीकार्य बनाउन माग गर्दै सरोकारवालाहरूले संयुक्त अपिल

Read More »