आजको मौसमः देशका अधिकांस भागमा हल्का पानी पर्ने

काठमाडौं, २९ कात्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो देशको हिमाली भू-भाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ र बाँकी भू-भागमा आंशिक बदली हुनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ।

राति भने देशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेश लगायत देशका अन्य पहाडी भू-भागमा आंशिक बदली हुनेछ। तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ। देशका हिमाली भू-भाग तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहनेछ।

साथै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेकोले सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन अनुरोध गरिन्छ।

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

‎काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी विमानस्थलमा  भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत

Read More »

प्रधानमन्त्री बालेन भारत प्रस्थान, यी हुन् ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल

प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलको नाम तय भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३५ सदस्यीय टोलीमा प्रधानमन्त्री बालेनसँगै, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख

Read More »

२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको

Read More »

. सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई चलायमान बनाउन चितवनमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै

चितवन, काठमाडौं । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउने, सुरक्षित तथा गुणस्तरीय आवास निर्माणलाई प्रोत्साहन गर्ने र स्वदेशमै लगानी तथा व्यावसायिक अवसरको

Read More »

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने 

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय समकक्षी नरेन्द्र मोदी को औपचारिक निमन्त्रणामा आजदेखि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीको पदभार सम्हालेयता

Read More »

मेयर दिपक रिसालको पहलमा २७ करोड बजेट प्राप्त

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा सहरी पूर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालयबाट २६ करोड ९४ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ।

Read More »