उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरि छठ पर्व समापन

काठमाडाैं, ३० कार्तिक । आज छठ पर्व समापन भएको छ । छठ पर्वको चार दिवसीय अनुष्ठानको अन्तिम तथा चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै व्रत विधिवत रूपमा समापन भएको हो । यस दिनलाई उषा अर्घ्य, पारण वा सप्तमी तिथि भनिन्छ ।

यसलाइ उषा अर्घ्य  अर्थात उदाउँदो सूर्यलाई अर्घ्य दिने भनिन्छ । छठ पर्वको चौथो दिन बिहान सबेरै नदी, तलाउ वा पोखरीको घाटमा पुग्छन् । अघिल्लो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकै स्थानमा पुनः बाँसको टोकरी वा सुूपमा सजाइएका पूजासामग्री (कसुर, ठेकुवा, फलफूल, उखु आदि) लिएर उभिने गरिन्छ । उदाउँदो सूर्यको दर्शन गर्दै पानीमा उभिएर सूर्य देवतालाई अर्घ्य अर्पण गरिन्छ ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि घाटमै वा घरमा आएर व्रतीहरूले पूजामा चढाएका प्रसाद ग्रहण गरी कठिन उपवास (व्रत) तोड्छन् । यसलाई पारण भनिन्छ ।

पारण गरेपछि व्रतीहरूले परिवारका सदस्य, इष्टमित्र र छरछिमेकीलाई प्रसाद बाँड्छन् तथा ब्राह्मण एवम् गरिब-असहायलाई दानदक्षिणा दिई आशीर्वाद लिन्छन् ।

यस प्रकार सूर्य उपासना र प्रकृतिप्रतिको कृतज्ञता झल्काउने महापर्व छठ विधिवत रूपमा सम्पन्न हुन्छ ।

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

‎काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी विमानस्थलमा  भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत

Read More »

प्रधानमन्त्री बालेन भारत प्रस्थान, यी हुन् ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल

प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलको नाम तय भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३५ सदस्यीय टोलीमा प्रधानमन्त्री बालेनसँगै, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख

Read More »

२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको

Read More »

. सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई चलायमान बनाउन चितवनमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै

चितवन, काठमाडौं । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउने, सुरक्षित तथा गुणस्तरीय आवास निर्माणलाई प्रोत्साहन गर्ने र स्वदेशमै लगानी तथा व्यावसायिक अवसरको

Read More »

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने 

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय समकक्षी नरेन्द्र मोदी को औपचारिक निमन्त्रणामा आजदेखि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीको पदभार सम्हालेयता

Read More »

मेयर दिपक रिसालको पहलमा २७ करोड बजेट प्राप्त

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा सहरी पूर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालयबाट २६ करोड ९४ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ।

Read More »