भारतीय राजदूत दलेलाले भेटे प्रधानमन्त्री बालेनलाई





काठमाडौं, २ मंसिर । नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भएको भेटका क्रममा प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सो क्रममा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका थिए ।

राजदूत दलेलाले प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताए । उनले प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए।

प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

‎काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी विमानस्थलमा  भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत

Read More »

प्रधानमन्त्री बालेन भारत प्रस्थान, यी हुन् ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल

प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलको नाम तय भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ३५ सदस्यीय टोलीमा प्रधानमन्त्री बालेनसँगै, अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख

Read More »

२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको

Read More »

. सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई चलायमान बनाउन चितवनमा ‘बिल्ड नेपाल एक्स्पो’ हुँदै

चितवन, काठमाडौं । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउने, सुरक्षित तथा गुणस्तरीय आवास निर्माणलाई प्रोत्साहन गर्ने र स्वदेशमै लगानी तथा व्यावसायिक अवसरको

Read More »

प्रधानमन्त्री शाह आजदेखि भारतको दुईदिने भ्रमणमा जाने 

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारतीय समकक्षी नरेन्द्र मोदी को औपचारिक निमन्त्रणामा आजदेखि भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै छन् । प्रधानमन्त्रीको पदभार सम्हालेयता

Read More »

मेयर दिपक रिसालको पहलमा २७ करोड बजेट प्राप्त

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा सहरी पूर्वाधार निर्माणका लागि शहरी विकास मन्त्रालयबाट २६ करोड ९४ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ।

Read More »