हाइड्रोपावरका सेयरधनीलाई ‘लाभांश’ को खुसी, तीन कम्पनीले बाँड्दै १६ देखि २० प्रतिशतसम्म नगद

काठमाडौं । जलविद्युत् कम्पनीका सेयरधनीका लागि लाभांशको खबर आएको छ । गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट तीनवटा हाइड्रोपावर कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

हिल्टन हाइड्रो इनर्जी, आशुतोष इनर्जी र काबेली हाइड्रोपावरले क्रमशः २० प्रतिशत, १८.९४ प्रतिशत र १६.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । प्रस्तावित लाभांशमा करसमेत समावेश छ ।

तीनवटै कम्पनीले लाभांश पारित गर्न भदौ २७ गते वार्षिक साधारणसभा बोलाएका छन् । आशुतोष इनर्जीको सभा ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा हुनेछ भने हिल्टन हाइड्रो इनर्जी र काबेली हाइड्रोपावरले काठमाडौंको नयाँ बानेश्वरस्थित द एभरेस्ट होटलमा सभा गर्नेछन् ।

लाभांशसँगै कम्पनीका साधारणसभामा ऋण अनुमोदन, विभिन्न जलविद्युत् आयोजना तथा कम्पनीमा लगानी गर्ने प्रस्तावसमेत पेस हुँदैछन् ।

यसैगरी आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने तथा चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा राखिनेछ ।

हेमबहादुर मल्ल सम्मानबाट डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानीत

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०८१ बाट डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ बाट पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मानीत भएका छन् । उनीहरूलाई जनही २ लाख

Read More »

भारत सरकारको अनुदान सहयोगमा पाटनमा पुनर्स्थापित दुई सांस्कृतिक सम्पदा उद्घाटन

ललितपुरको पाटनमा भूकम्पपछि पुनर्निर्माण गरिएका दुई महत्वपूर्ण सांस्कृतिक सम्पदा कुमारी छेँ र नयाँ कुमारीनिवासको सोमबार संयुक्त रूपमा उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,

Read More »

संसद्‌मा रञ्जु दर्शनाले भनिन्– कक्षा १२ सम्म यौन शिक्षा अनिवार्य गरौँ

काठमाडौं । रास्वपा सांसद रञ्जु दर्शनाले कक्षा १२ सम्म यौन शिक्षा अनिवार्य गर्न प्रस्ताव गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कक्षा १ देखि

Read More »

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकी बालविकास सहजकर्ताविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलकी बालविकास

Read More »

दुई दशकको प्रतीक्षा सकिँदै : ४० मेगावाटको राहुघाटबाट अब विद्युत् उत्पादनको तयारी

म्याग्दी । लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना अब विद्युत् उत्पादनको चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक

Read More »

हाइड्रोपावरका सेयरधनीलाई ‘लाभांश’ को खुसी, तीन कम्पनीले बाँड्दै १६ देखि २० प्रतिशतसम्म नगद

काठमाडौं । जलविद्युत् कम्पनीका सेयरधनीका लागि लाभांशको खबर आएको छ । गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट तीनवटा हाइड्रोपावर कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने

Read More »