दुई दशकको प्रतीक्षा सकिँदै : ४० मेगावाटको राहुघाटबाट अब विद्युत् उत्पादनको तयारी

म्याग्दी । लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना अब विद्युत् उत्पादनको चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले प्रवर्द्धन गरेको आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम पूरा भइसकेको छ । आयोजनाका बाँध, डिसेन्डर, सुरुङ र स्विचयार्डको परीक्षणसमेत सफल भएको छ ।

आयोजनाको २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षण पूरा भइसकेको छ भने अर्को युनिटको परीक्षण सुरु भएको छ । परीक्षण प्रक्रिया सकिएपछि विद्युत् उत्पादन सुरु गर्ने तयारी गरिएको रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताएका छन् ।

आयोजनाबाट वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–कुश्मा प्रसारण लाइनमा जोडिनेछ ।

राहुघाट निर्माणमा भने समय र लागत दुवै चुनौती बने । कोरोना महामारी, बाढीपहिरो, निर्माण सामग्रीको अभाव तथा ठेकेदार परिवर्तनका कारण आयोजना लामो समय प्रभावित भयो ।

सिभिल निर्माणका लागि भारतीय कम्पनी जयप्रकाश एसोसियट्ससँग ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । यसअघि पुरानो ठेकेदारसँगको सम्झौता तोडिएपछि नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको थियो ।

इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेडसँग सम्झौता गरिएको थियो । आयोजना भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले राहुघाटलाई जिल्लाको जलविद्युत् विकासको ‘गेटवे’का रूपमा लिइएको बताएका छन् । दुई दशक लामो प्रतीक्षापछि आयोजना उत्पादनमा जान लाग्दा जिल्लावासी उत्साहित भएको उनको भनाइ छ।

हेमबहादुर मल्ल सम्मानबाट डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानीत

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०८१ बाट डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ बाट पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मानीत भएका छन् । उनीहरूलाई जनही २ लाख

Read More »

भारत सरकारको अनुदान सहयोगमा पाटनमा पुनर्स्थापित दुई सांस्कृतिक सम्पदा उद्घाटन

ललितपुरको पाटनमा भूकम्पपछि पुनर्निर्माण गरिएका दुई महत्वपूर्ण सांस्कृतिक सम्पदा कुमारी छेँ र नयाँ कुमारीनिवासको सोमबार संयुक्त रूपमा उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,

Read More »

संसद्‌मा रञ्जु दर्शनाले भनिन्– कक्षा १२ सम्म यौन शिक्षा अनिवार्य गरौँ

काठमाडौं । रास्वपा सांसद रञ्जु दर्शनाले कक्षा १२ सम्म यौन शिक्षा अनिवार्य गर्न प्रस्ताव गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कक्षा १ देखि

Read More »

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकी बालविकास सहजकर्ताविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलकी बालविकास

Read More »

दुई दशकको प्रतीक्षा सकिँदै : ४० मेगावाटको राहुघाटबाट अब विद्युत् उत्पादनको तयारी

म्याग्दी । लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना अब विद्युत् उत्पादनको चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक

Read More »

हाइड्रोपावरका सेयरधनीलाई ‘लाभांश’ को खुसी, तीन कम्पनीले बाँड्दै १६ देखि २० प्रतिशतसम्म नगद

काठमाडौं । जलविद्युत् कम्पनीका सेयरधनीका लागि लाभांशको खबर आएको छ । गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट तीनवटा हाइड्रोपावर कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने

Read More »