संसद्‌मा रञ्जु दर्शनाले भनिन्– कक्षा १२ सम्म यौन शिक्षा अनिवार्य गरौँ

काठमाडौं । रास्वपा सांसद रञ्जु दर्शनाले कक्षा १२ सम्म यौन शिक्षा अनिवार्य गर्न प्रस्ताव गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कक्षा १ देखि १२ सम्म यौन शिक्षा अनिवार्य गर्न मौखिक प्रस्ताव गरेकी हुन् ।

गरिमा चौधरीसहित बलात्कार, हत्यासहित महिला हिंसाको घटनाबारे धारणा राख्दै उनले दुईवटा विषयमा सदन र सरकारको ध्यानाकर्षण गराइन् ।

‘पाठ्यक्रमहरुमा विद्यालयमा कम्प्रेहेन्सिभ सेक्सुआलिटी एजुकेसन कक्षा १ देखि १२ सम्म अनिवार्य गरियोस् । हामी सधैभरि सेक्स एजुकेसन भन्ने बित्तिकै मुख फर्काउँछौँ, त्यो हटाइयोस्,’ उनले भनिन्, ‘हाम्रो फरेन्सिक क्यापासिटी कति छ, त्यसलाई वृद्धि गरियोस् । घटनास्थलमा जो प्रहरीहरु पुग्नुहुन्छ, उहाँहरुको क्यापासिटी बिल्डिङमा नेपाल सरकारले काम गरोस् ।’

आफू सांसदसँगै एक आमाको हैसियतमा पनि बोलिरहेको भन्दै उनले गरिमाको परिवारलाई न्याय दिन सरकारले गरेको पहलप्रति आभार व्यक्त गरिन् ।

चलचित्रदेखि कथाहरुमा छोरीलाई चित्रण गरिने विषयलाई लिएर उनले भनिन्, ‘छोरीलाई जबसम्म ‘सेक्स अबजेक्ट’ को रुपमा एडभरटाइजमेन्टमा, स्टोरीमा, फिल्ममा दर्शाइन्छ, तबसम्म कोही पनि सुरक्षित रहँदैनन् ।’

हेमबहादुर मल्ल सम्मानबाट डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानीत

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०८१ बाट डा. रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ बाट पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मानीत भएका छन् । उनीहरूलाई जनही २ लाख

Read More »

भारत सरकारको अनुदान सहयोगमा पाटनमा पुनर्स्थापित दुई सांस्कृतिक सम्पदा उद्घाटन

ललितपुरको पाटनमा भूकम्पपछि पुनर्निर्माण गरिएका दुई महत्वपूर्ण सांस्कृतिक सम्पदा कुमारी छेँ र नयाँ कुमारीनिवासको सोमबार संयुक्त रूपमा उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,

Read More »

संसद्‌मा रञ्जु दर्शनाले भनिन्– कक्षा १२ सम्म यौन शिक्षा अनिवार्य गरौँ

काठमाडौं । रास्वपा सांसद रञ्जु दर्शनाले कक्षा १२ सम्म यौन शिक्षा अनिवार्य गर्न प्रस्ताव गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कक्षा १ देखि

Read More »

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकी बालविकास सहजकर्ताविरूद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलकी बालविकास

Read More »

दुई दशकको प्रतीक्षा सकिँदै : ४० मेगावाटको राहुघाटबाट अब विद्युत् उत्पादनको तयारी

म्याग्दी । लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना अब विद्युत् उत्पादनको चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक

Read More »

हाइड्रोपावरका सेयरधनीलाई ‘लाभांश’ को खुसी, तीन कम्पनीले बाँड्दै १६ देखि २० प्रतिशतसम्म नगद

काठमाडौं । जलविद्युत् कम्पनीका सेयरधनीका लागि लाभांशको खबर आएको छ । गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट तीनवटा हाइड्रोपावर कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने

Read More »